काठमाडौँ । नेपालले एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्बजनिक गरेको छ ।
यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल बाट हुने छ । साउदी अरेबियाविरुद्ध गोलकिपर लिला जोशी तथा सरिता कुमारीनाथ, सिमरन राई, गंगा रोकाया र अनिशा राई, बिर्साना चौधरी, कुसुम खतिवडा, मनिषा सेन, वर्षा ओली, मीना देउवा र समीक्षा मगर खेलिरहेका छन् ।
यस अघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० गोल अन्तरले पराजित भएको थियो ।
समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ ।
नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ । आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
१२ देशले भाग लिने एएफसी यू–२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।
FACEBOOK COMMENTS