काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१४ मा रहेको फ्लो टेक इन्टरप्राइजेजलाई कारवाही गरेको छ ।
विभागले अनुगमनकोक्रममा कम्पनीले फर्निसिङ, कार्पेट, पर्दा लगायत उत्पादनमा एमआरपी नराखी कारोबार गरेको पाइएपछि
२ लाख २५ हजार जरिबाना तिराएको जानकारी दिएको छ ।
त्यस्तै विभागले काठमाडौँ ल्याण्डमार्क कन्सल्टेन्सी, अल्फा एजुकेसन कन्सल्टेन्सी, स्किल पार्क प्रालि र ग्लोबल एजुकेसन काउन्सिलिङ सेन्टरलाई व्यवसायसँग कागजहरु लिएर तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यस्तै विभागले आज अन्य सात कन्सल्टेन्सी र अन्य दुई फर्मलाई सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS