काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भमेला नाडा अटो शो आजबाट सुरु हुँदैछ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १७औं संस्करण आजदेखि सञ्चालन हुनेछ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुन लागेको अटो शो ऐतिहासिक हुने नाडाका अध्यक्ष करण चौधरीले बताएका छन् ।
यो शोलाई विभिन्न अफरहरुले झनै विशेष बनाउने उनको भनाइ छ । यो संस्करणको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । शोको मुख्य आकर्षक उड्ने कार रहेको छ । तर, त्यो कार हेर्नका लागि मात्रै हो ।
शोमा १९ वटा चारपांग्रे सवारी साधनका ब्रान्ड, १३ वटा व्यावसायिक सवारी साधन, चार वटा दुईपांग्रे सवारी ब्रान्डहरू हुनेछन् । यस्तै अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र ३५ वटा वित्तीय तथा बीमा सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ ।
यो पनि पढ्नुहोस्–
फ्लाइङ् ट्याक्सी : उड्नलाई होइन, हेर्न चाहिँ पाइन्छ !
FACEBOOK COMMENTS