काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ ।
यसका लागि स्काइ ब्रोडब्याण्ड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यो समझदारी सँगै बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकका ग्राहक हरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्नेछन ।
यो सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
स्काइ ब्रोडब्याण्डसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई थप प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS