काठमाडौँ । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको घोषणा गरेको छ । यसले अब यसमा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको छ ।
बीबीसीका अनुसार, इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भागमाथि नियन्त्रण जमाएको र अब हामी हमासको पूर्वाधार ध्वस्त पार्न ठूलो र शक्तिशाली कारबाही सुरु गर्ने बताएको हो ।
इजरायली सेनाले भनेको छ हामी आगामी दिनहरूमा गाजा शहर भित्र र वरपर भइरहेको कारबाहीलाई अझ तीव्र बनाउने तयारी गरिरहेका छौं । हामी हमासलाई जताततै पछ्याउन जारी राख्नेछौं र बाँकी इजरायली बन्धकहरूलाई फिर्ता नगरेसम्म यो अभियान समाप्त हुने छैन ।
हालैका दिनहरूमा, इजरायलले गाजा शहर वरिपरि आफ्नो आक्रमण तीव्र पारेको छ । यसअघि, हमासले सबै बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको थियो, तर इजरायलले यसलाई अस्वीकार गरेको बताएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यो हमासद्वारा फैलाइएको गलत कथा हो, जसमा केही नयाँ कुरा नभएको बताएको छ ।
FACEBOOK COMMENTS