काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तगर्तको नेपाल महिला चेम्बरले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
‘रिदम एण्ड सोल भन्ने नाराका साथ देशैभरिका महिला उद्यमीहरुको सिप विकास र आर्थीक रुपमा आत्मनिर्भर बनाउने उदेश्यले रसियन कल्चर सेन्टरम कार्यक्रमको आयोजना गरिएको हो ।
चेम्बर अफ कमर्शको हिरक जयन्ती अर्थात् ७५औं वार्षिकोत्सवको अवसरमा नेपाल महिला चेम्बरले कमल पोखरी स्थीत रसियन कल्चरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले गरेका थिए । उनले महिलाको संस्कृति, आत्मविश्वास र पहिचानको रुपमा यस कार्यक्रमलाई लिएको बताए ।
नेपाल महिला चेम्बरकी अध्यक्ष तथा नेपाल चेम्बर अफ कर्मशकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला व्यवसाय र संस्कृतिलाई जोड्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरेको बताइन् । महिला उद्यमीले उद्योग क्षेत्रमा विभिन्न समस्या भोग्दै आएको बताउँदै त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड समेत दिइन् ।
उनले भनिन्, ‘देशको अर्थतन्त्रमा महिलाको पनि उल्लेखनिय भुमिका रहेको छ । एउटी महिला उद्योगतर्फ उन्मुख भइन् भने एउटा घर समाज मात्र नभई सिंगो राष्ट्रको नै उद्योग तर्फ उन्मुख हुन्छिन् । ’
महिलाहरुको आर्थीक विकास र जीवनस्तर सुधार नभएसम्म महिला अधिकारको सुनिश्चितता हुने छैन । त्यसैले उद्योग स्थापना गरि राष्ट्रिय अर्थतन्त्रमा सघाउ पुर्याउने, रोजगारी सिर्जना गर्ने, व्यवशायिक परिक्षण दिने कुरामा नेपाल महिला चेम्बर सधै अग्रसर रहेको छ, श्रेष्ठले बताइन् ।
महिला चेम्बरले सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा बुधबार ‘रियल रिदम एण्ड सोल’ नामक सांस्कृतिक कार्यक्रम गरेको हो ।
कार्यक्रममा सुशीला आर्ट एकेडेमीका कलाकारहरूले नेपाली र रसियन संस्कृतिमा आधारित आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । सांकृतिक नृत्यमा सुशीला आर्ट एकेडेमीकी अध्यक्ष युलिया कोइरालाको संयोजन रहेको थियो ।
कार्यक्रमलाई रियल दरबारले सहयोग गरेको हो, यस्तै, सिद्धार्थ बैंक, दि रसियन हाउस, रिल्भरीङ इभेन्टले पनि सहयोग रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।
FACEBOOK COMMENTS