काठमाडौं । सिटि होटलले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि हाल कायम रहेको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीको १० कित्ता सेयर हुने सेयरधनीले ८ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन गरेको कम्पनीले साउन २७ गते बुकक्लोज गरेको छ । साउन २६ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयरमा बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जावलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासन पश्चात ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS