काठमाडौं । जेनजीको आन्दोलनका कारण सेयर बजार थप २ दिन बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना जारी गर्दै भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरेको हो ।
नेप्सेले ब्रोकर तथा लगानीकर्ताले कारोबार स्थगन गर्न अनुरोध गरेका कारण सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार कारोबार २ दिन स्थगन गरेको जनाएको छ ।
FACEBOOK COMMENTS