काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।
आज आइतबार ‘सुमना श्रेष्ठ सेक्रिट्यान्ट’ नामको फेसबुक पेजमा लेख्दै उनले रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा परित्याग गरेको जनाएकी हुन् । पार्टीभित्र आफ्नो कुरा नेतृत्वले नसुनेको र उल्टै आफूमाथि विभिन्न खालको प्रहार हुन थालेपछि सो पार्टीमा रहन नसकेको उनले उल्लेख गरेकी छिन् ।
साथै उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत राजनीतिक दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई समेत आ–आफ्नो पार्टी छोड्न सुझाव दिएकी छिन् । आजको परिस्थिति सृजना हुनुमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूको बेहोरा कारक रहेको उल्लेख गर्दै उनले अब ती पार्टीमा रहेका तेस्रो पुस्ताका नेताहरूले कि हटाउन, कि हट्न सक्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाइँहरूको भन्दा बढी तपाइँहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’
हेर्नुहोस् उनको पार्टी छोड्ने स्टाटस–
पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छोडिन् रास्वपा
FACEBOOK COMMENTS