काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पुरानै सत्ताशैली अपनाउन थालेकी छिन् । क्षणभरमै दर्जनौँ नेपाली नागरिकले रगत बगाएर प्राप्त भएको सत्ताको नेतृत्व सम्हालेकी उनले आफ्नो कार्यशैलीलाई भने पुरानै ढर्रामा अघि बढाएकी हुन् ।
शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी उनी आज आइतबार कार्यभार सम्हाल्नुअघि सहिदहरूको शालिकमा माल्यार्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगेकी थिइन् । त्यस क्रममा त्यहाँ बिच्छ्याइएको रातो कार्पेट (रेड कार्पेट) मा सवार भएपछि सामाजिक सञ्जालहरूमा उनको आलोचना सुरू भएको हो ।
पछिल्लो विवरण अनुसार जेन्जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।
यस्तो नरसंहारको पृष्ठभूमीबाट प्रधानमन्त्री बनेकी कार्की भने सहिदलाई माल्यार्पणको बाहानामा रातो कार्पेटमाथि सवार गरिरहेकी छिन् । यो यो शैली यसअघि बन्ने राजनीतिक दलका नेताहरूको नेतृत्वको सरकारभन्दा कुनै पृथक नभएको आलोचकहरूको टिप्पणी छ ।
यो अन्तरिम सरकार राजनीतिक दलबीचको खिचातानीबाट नभइ जनताको प्रत्यक्ष बलीदानीबाट निर्माण भएकाले कतिपय पुराना शैली र औपचारिकताहरूलाई थाती राखेर काम गर्नुपर्ने उनीहरूको तर्क छ ।
यसअघिका सरकारका नेतृत्वकर्ताहरू उच्च सुरक्षाको घेरामा रहने भएका कारण सहजै पहुँच नहुने र जेन्जीहरूले बनाएको सरकार त्यस्तो हुन नहुने मात्र होइन शोभनीय समेत नहुने कतिपयको मत छ ।
उनलाई आगामी फागुन २१ गते आम निर्वाचन गर्ने जिम्मेवारी दिइएको छ ।
सत्ताको नेतृत्व नपाएपछि हर्क साम्पाङले भने– यो सरकार एक महिनामै ढल्छ
FACEBOOK COMMENTS