हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन ।
जेनजीहरूको आन्दोलन चर्किएपछि गत भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएको बताएका छन ।
उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकुल नभएको पत्रमा उल्लेख गरेका छन् । ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख
पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित नलागेको पनि खुलाएका छन ।
FACEBOOK COMMENTS