काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको शाक्यलाई हटाएर प्राधिकरणबाटै अवकाशप्रापत मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने तयारी सरकारको छ ।
तत्कालीन ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए । बदलिएको पछिल्लो राजनीतिक परिस्थितिले कुलमान घिसिङ ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा पुगेका छन् ।
उनै घिसिङले कार्यकारी निर्देशक शाक्यमाथि राजीनामाको दबाब सृजना गरिरहेका छन् । मन्त्री घिसिङले जेन्जीहरूको भावना अनुसार शाक्य स्वमय्ले राजनीनामा दिएर मार्ग प्रसस्त गर्ने विश्वास लिएका छन् ।
FACEBOOK COMMENTS