काठमाडौँ । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ ।
मंगलबार आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो ।
यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी–क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो ।
बोलपत्र प्रक्रियामार्फत अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो ।
आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेटमा ८ करोड १० लाख रकम छुट्याइएको छ ।
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS