काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा अल नासरले इत्तिहादलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र साड़ियो मानेले एक एक गोल गरेका थिए ।
यो जित पछि अल नासरको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसै गरी अल इत्तिहादको ४ खेलमा ९ अंक रहेकों छ र लिग्मा दोस्रो स्थानमा छ ।
FACEBOOK COMMENTS