काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियासँगको तेस्रो खेलमा हार बेहोरेको छ ।
आइतबार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो ।
मलेसियाले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेटले गुमाउँदै १०७ रन मात्र बनाएको थियो ।
नेपालको लागि रुबी पोदारले सर्वाधिक ३१ रन बनाइन् भने कप्तान इन्दू बर्मा २२ रन बनाएकी थिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
यो खेलपछि ५ खेलको सिरिजमा मलेसिया २–१ को अगाडी भएको छ । अब सिरिजको चौथो खेल खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS