काठमाडौं, असोज २८ —
आईसीसी टि–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।
नेपालको जितमा मुख्य भूमिका खेलेका सन्दीप लामिछानेले ५ विकेट लिए। साथै, नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएर बलिङ विभागमा उत्कृष्ट सहयोग गरे।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ५८ रन (४१ बल) को शानदार प्रदर्शनमा भर पारी १४७ रनको लक्ष्य दिएको थियो।
लक्ष्य पछ्याउन उत्रिएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटिँदा नेपालले ५ रनको जित सुरक्षित गर्यो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए, तर बाँकी ब्याटरहरूले योगदान गर्न नसक्दा कतार पराजित भयो।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको दौडमा बलियो स्थिती बनाएको छ।
FACEBOOK COMMENTS