काठमाडौँ । एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो ।
एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया विश्वकपका लागि छनौट भएका छन् ।
त्यस्तै इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने एक स्थानका लागि युएई र इराक नोभेम्बरमा खेल्ने भएका छन् । दुवै मध्ये एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने छन् ।
एशियाबाट यस पटकको विश्वकपमा ८ देश सिधै र एक देश इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।
फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।
FACEBOOK COMMENTS