काठमाडौं । भारतको राजस्थानको जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यामहरुले बसबाट १९ जनाको शव निकालिएको छ भने एक घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए ।
घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
FACEBOOK COMMENTS