काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्ने बताएका छन् ।
आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरू भएको पार्टीको दशौँँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्ने बताएका हुन् । देशको शिर माथि उठाउने पार्टी एमाले मात्रै भएको दाबी पनि उनले गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्ताैला रहेको समिति गठन गरिएको छ ।
बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवम् निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराएका छन् ।
बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराए ।
तस्बिरहरूमा हेर्नुहोस् एमालेको केन्द्रीय कमिटी बैठक
FACEBOOK COMMENTS