काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् । सरकारले राजनीतिक दललाई निषेध गरेर चुनाव गराउने भन्दै हिँडेर आमजनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो ।
शनिबार (कात्तिक १) एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधिसभा पुनस्र्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे । ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिरहेको उनले टिप्पणी गरे ।
अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको जुनै सहरमा घुम्न जान सक्ने बताए ।
FACEBOOK COMMENTS