काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको विस्तारित बैठक एक साता पछि सरेको छ ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाको विस्तारित बैठक पूर्व निर्धारित समयभन्दा एक हप्तापछि कार्तिक २१ र २२ गतेका लागि तय गरिएको छ ।
रास्वपाले यसअघि नै विस्तारित बैठक चितवनमा गर्ने निर्णय गरिसकेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको थियो ।
रास्वपाले केन्द्रीय सदस्य एवं पूर्वसांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गरेको छ ।
प्रवक्ता झाले प्रस्तावित स्थान वरपरमा हुने एकादशी मेला, व्यवस्थापन समितिका अध्यक्षले गरेको शान्ति(सुरक्षा चुनौती बारेको वस्तुगत ब्रिफिङ पश्चात सम्बन्धित जानकारीलाई समेत ध्यानमा राख्दै केन्द्रीय समितिको विस्तारित बैठक पूर्व निर्धारित समयभन्दा एक सातापछि सारेको जानकारी दिएका छन् ।
