काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि नेपाली समाज पूर्णरूपमा असुरक्षित बनेको बताएका छन् ।
आज आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रहरीलाई लुगा खालेर धपाउने, कुट्ने, पिट्ने र मार्नेसम्मको हर्कतका कारण मनोबल गिरेको र सुरक्षाको प्रत्याभूति दिन नसकेको चर्चा गर्दै नेपाली समाज पूर्णरूपमा असुरक्षित रहेको बताएका हुन् ।
जेन जीले बनाएको सरकार समेत ‘अहिले यो सरकार हो कि सरकार होइन कि !’ भन्ने अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्दै सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाए । देशको सबै सुरक्षा संयन्त्रमो मनोबल गिरेको अवस्थामा अहिले नेपाली जनताको सुरक्षा पशुपतिनाथले गरिरहेको उनको भनाइ छ ।
‘पुलिस भनेको देशको कानुन हो । तर, पुलिसलाई लुगा खोलेर धपाइयो । मलाई पनि प्रहरीले धेरै पटक पक्राउ गरेको छ । तर, पनि म प्रहरी चाहिन्छ भन्छु । प्रहरीको मनोबल गिरेकै कारण आज कोही पनि नेपाली सुरक्षित छैनन् । एउटा बाँचेको पशुपति रहेछ, पशुपतिले हामीलाई बचाएको छ । अरु त हामीले सबै सक्यौँ । राजा सक्यौँ हामीले, राजसंस्था सक्यौँ हामीले, हिन्दु धर्म सक्यौँ हामीले । अब एउटा पशुपति रहेछ र पशुपतिले हामीलाई बचाइराखेका छन्,’ उनले भने ।
FACEBOOK COMMENTS