काठमाडौं । अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारतले चीनमा आफ्नो निर्यात बढाएको छ । २०२५–२६ को पहिलो छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा चीनतर्फ भारतको निर्यात २२ प्रतिशतले बढेको छ ।
अप्रिलदेखि सेप्टेम्बर २०२५ सम्म भारतले चीनलाई ८.४१ बिलियन डलर मूल्यका सामानहरू बेचेको छ । गत वर्षको सोही अवधिमा ६.९० बिलियन डलरको निर्यात गरेको थियो । यो वृद्धि टेलिफोन सेटका पार्टपुर्जा, झिँगे माछा र एलुमिनियम जस्ता वस्तुहरूबाट भएको हो ।
अप्रिल–सेप्टेम्बरमा पेट्रोलियम उत्पादनहरूको निर्यात ११६ प्रतिशतले बढेर ६८६ मिलियन डलरबाट १.४८ बिलियन डलर पुगेको छ । टेलिफोन सेटका पार्टपुर्जाको निर्यात १६२ प्रतिशतले बढेको छ । जमेको भिँगे माछा र झिँगे माछाको निर्यात २५ प्रतिशतले बढेर १७८ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको छ ।
जमेको झिँगे माछा र झिँगे माछाको निर्यात २५ प्रतिशतले बढेर ३७३ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको ६ महिनाको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, एलुमिनियमको निर्यात ५९ प्रतिशतले बढेर १९१ मिलियन डलर पुगेको छ र सल्फरको नर्यात १७५ प्रतिशतले बढेर ११६ मिलियन डलर पुगेको छ ।
निर्यातमा केही नयाँ वस्तुहरू पनि थपिएका छन् । उदाहरणका लागि, गत वर्ष शून्य निर्यात भएको ओएलईडी फ्ल्याट प्यानल डिस्प्ले मोड्युलहरू अहिले २४६ मिलियन डलर पुगेको छ ।

भारतीय निर्यात सङ्गठन महासङ्घका सीईओ अजय सहायले २२ प्रतिशत वृद्धिले निर्यातकर्ताहरूको प्रतिस्पर्धात्मकतालाई सङ्केत गरेको र विशेषगरी झिँगा, एलुमिनियम र टेलिफोन पार्टपुर्जामा यस्तो देखिएको बताएका छन् । उनले यसलाई अहिले नै संरचनात्मक परिवर्तन भन्न नसकिने बताएका छन् ।

अगस्ट २७ मा भारतबाट अमेरिका पठाइएका सामानहरूमा ५० प्रतिशत भन्सार लागू भएको थियो । ग्लोबल ट्रेड रिसर्च इनिसियटिभले यो भन्सार दरले भारतको लगभग ६१ हजार करोडको निर्यातलाई असर गर्न सक्ने बताएको छ ।

FACEBOOK COMMENTS