 
			                  			              
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नागरिक उन्मुक्ति पार्टी नेपाल नाम राखिएको पार्टी दर्ताका लागि निवेदन दिइएको दीप तामाङले बताए । साथै, चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको उनको भनाइ छ ।
यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियाबाट जितेर सांसद बनेकाहरू नयाँ पार्टीमा आवद्ध नभएको उनको भनाइ छ ।
रेशमलालले गत भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए ।
 
              
              
              
              		              
FACEBOOK COMMENTS