काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएकी छन् ।
जेनजी आन्दोलनका क्रममा निवासमा भएको आगजनीका क्रममा सक्कल नागरिकता जलेर नष्ट भएपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएकी हुन् ।
नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैँ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएकी थिइन् । गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा अज्ञात समूहले तोडफोड र आगजनी गरेको थियो ।

FACEBOOK COMMENTS