काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो माग गरेका हुन् । उनले आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नगरिए दण्डहीनता मौलाउने जिकिर गरे ।
विभिन्न पेसा, व्यवसायमा संलग्नले सुरक्षित रूपमा काम गर्न पाउने अधिकार सुनिश्चितता गर्न उनले माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधका रूपमा चित्रित हुनु दु:खद भएको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर यसमाथि नै हमला हुनु दु:खको विषय भएको उल्लेख गरे ।
FACEBOOK COMMENTS