काठमाडौं । उज्यालो नेपाल पार्टीले दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदनमा जाने भएको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले पार्टी गठनका लागि केही समयदेखि गृहकार्य थालेका थिए ।
पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न बिजुलीको चिम राखेर जाने सहमति जुटेसँगै मंगलबार दल दर्ताका लागि निवेदन दिन लागेको स्रोतले बताएको छ ।
यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने रहने छन् । उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ ।
रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ पनि यो पार्टीमा सहभागी हुने कुरा अघि बढेको थियो ।

कुलमान, सुमना, हामी नेपालका संस्थापक सुदन गुरूङ लगायतले एउटै पार्टी निर्माण गरेर अघि बढ्नेबारे छलफल सुरू गरेका थिए ।

लामो छलफलपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका छन् ।

यो समाचार पनि पढ्नुस्-

रास्वपाले ‘इन्ट्री’ नदिएपछि आफ्नै दल गठन गर्दै कुलमान घिसिङ, यस्तो छ दलको नाम र चुनाव चिह्न
FACEBOOK COMMENTS