काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक अभियन्ता डा. निकोसल भुसाल शतप्रतिशत हावा कुरा गर्ने व्यक्ति भएको बताएका छन् ।
हरेक नेपालीलाई सालको रुख बाँडेर करोडपति बनाउने अभिव्यक्ति दिएका भुसाललाई मन्त्री पुनले हावा कुरा भनेका हुन् ।
उनले भनेका छन्, ‘ए ! बल्ल थाहा भयो निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा । हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे । त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?’

FACEBOOK COMMENTS