काठमाडौं । सर्वोच्च अदालतले दल बिभाजनसम्बन्धि मुद्धामा जनमत पार्टीका अध्यक्ष सीके राउतको पक्षमा फैसला सुनाएको छ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो ।
पूर्ण इजलासले दीपककुमार साह नेतृत्वको जनस्वराज पार्टीलाई असंवैधानिक भन्दै निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले संक्षिप्त आदेश गरेको हो ।
FACEBOOK COMMENTS