काठमाडौं । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत गरिएको छ ।
नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।
अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि उनले सनाखत गरेका हुन् ।
दलको प्रस्तावित अध्यक्षसमेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरे । सनाखतपछि कल्पितले आगामी प्रतिनिधिसभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे ।
उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे ।

FACEBOOK COMMENTS