काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडामा बसेको विभिन्न घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको हो ।
पार्टीका नेता राजेन्द्र पाण्डेले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्न लागिएको जानकारी दिए ।
यद्यपि कुन प्रदेशमा कहिले सभा गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको संञ्चारकर्मीहरुलाई बताए ।
त्यस्तै, अर्का नेपा बामदेव गौतमले पनि पार्टी एकताको सन्देश देशैभर पुर्याउनेगरी सभा गर्ने निर्णय गरिएको बताए ।

बैठकपछि अर्का नेता झलनाथ खनालले पनि समाजवादको बाटोमा अर्जुनदृष्टि बनाएर अघि बढ्ने बैठकमा छलफलमा भएको बताए ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकताबारे विशेष अन्तर पार्टी निर्देशन अपानि जारी गर्ने भएको छ ।

FACEBOOK COMMENTS