काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष यू–१९ प्रिमियर कप खेल्ने टिमको घोषणा गरेको छ । क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।
नोभेम्बर १९ देखि डिसेम्बर १ सम्म हुने यू–१९ प्रिमियर कपमा नेपाल समुह ए मा हङकङ र साउदी अरेबियासँग रहेको छ । यस प्रतियोगितामा १४ देशले भाग लिएका छन् भने शिर्ष तीन देश यू–१९ एशिया कपमा छनौट हुने छन् ।
FACEBOOK COMMENTS