काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का दर्शकलाई निःशुल्क बससेवा उपलब्ध गराइने भएको छ ।
एनपीएलका खेल हेर्न आउने महिला, वृद्ध र अशक्तका लागि काठमाडौं उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरिने भएको हो ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि निःशुल्क बस सेवा सुरु गरिएको मन्त्री बब्लु गुप्ताले जानकारी दिएका छन् ।
निःशुल्क बससेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको छ । मन्त्री गुप्ताका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ ।
कुन–कुन रूटमा हुनेछ सेवा उपलब्ध ? हेर्नुहोस्–



FACEBOOK COMMENTS