काठमाडौं । नेकपा (एमाले) ले आज शुक्रबार घोषणा गरेको स्वयमसेवी दस्ता ‘नेशनल भोलेन्टियर फोर्स’को कमाण्डरको जिम्मा आपराधिक पृष्ठभूमिका व्यक्तिलाई दिएको छ ।
फोर्सको कमाण्डर बनाइएका पुष्पराज श्रेष्ठ सातवटा फौजदारी मुद्दा खेपेका व्यक्ति हुन् । सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठ यसअघि एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।
उनी यसअघि पटक–पटक विभिन्न कसुरमा पक्राउ परेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ ।
उनीविरुद्ध अहिलेसम्म चारवटा ज्यान मार्ने उद्योगको कसुर, दुईवटा सार्वजनिक अपराध (अभद्र व्यवहार) को कसुर र एउटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको पाइएको छ ।
FACEBOOK COMMENTS