काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ पावर प्लेमा खराब प्रदर्शन गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले कर्णालीविरुद्ध पहिलो ६ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।
लुम्बिनीबाट हाल क्रिजमा रहेका दिलीप नाथले पाँच रन जोडेका छन् । क्रिजमा रहेका ओपनर तथा कप्तान रोहितकुमार पौडेलले १७ रन जोडेका छन् ।
त्यसअघि पभेलियन फर्किएका ओपनर दार्सी सर्टले १९ रन जोडेका थिए । कर्णालीका गुल्सन झाले सर्टको विकेट लिएका थिए ।
यो कर्णालीको दोस्रो खेल हो । कर्णालीले यसअघि सम्पन्न पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।

लुम्बिनीको पनि यो दोस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

यो पनि-

एनपीएल–२ : लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै
FACEBOOK COMMENTS