काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ नझएको बताएका छन् ।
यो वक्तव्य यस्तो समयमा आएको हो जतिबेला युत्रेनका सहयोगीहरूले प्रस्तावको बारेमा चिन्ता व्यक्त गरिरहेका छन् ।
शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ‘न्यायपूर्ण र दिगो शान्ति’ को लागि महत्त्वपूर्ण तत्त्वहरू भए पनि अझ धेरै काम आवश्यक भएको बताएका थिए ।
उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन् ।
आइतबार बेलायत, फ्रmान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युत्रेनका सुरक्षा अधिकारीहरू स्विटजरल्याण्डको जेनेभामा यसै विषयमा छलफल गर्न भेट्नेछन् ।

ट्रम्पको शान्ति योजना रुसप्रति पक्षपाती मानिएको छ ।

यस योजनाको बारेमा फ्रतिक्रिया दिँदै युत्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले देशविरोधी काम नगर्ने स्पष्ट सन्देश दिएका छन् ।

ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन् ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो योजना सम्झौताको आधार बन्न सक्ने बताएका छन् ।

ट्रम्पले प्रस्तावको विरोध भएपछि यो उनको अन्तिम प्रस्ताव नभएको बताएका हुन् । उनले भने, ‘कुनै न कुनै तरिकाले हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौं ।’
FACEBOOK COMMENTS