काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।
कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रूपमा घोषणा गर्दै आफु अभिभावकीय भूमिकामा रहने बताए ।
पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । पार्टीको चुनाव चिह्न आँखा राखिएको छ भने पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले जानकारी दिए ।
FACEBOOK COMMENTS