काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिए ।
सुदूरपश्चिम हालसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदानमा उत्रँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।
लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ ।

आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेट र तेस्रोमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

FACEBOOK COMMENTS