काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ४४ करोड रुपैयाँको दाबी परेको छ ।
३ हजार ३०० वटा बीमामा २३ अर्ब ४४ करोड रुपैयाँको दाबी परेको हो । यो अवधिमा बीमा कम्पनीहरुले हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिब ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब १ करोडमध्ये करिब ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४८ करोडमध्ये करिब १ अर्ब ९ करोड भुक्तानी भएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब ५५ करोड ५५ लाख दाबी रकममध्ये करिब ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये करिब ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार बीमकहरूलाई करिब २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेकोे छ ।

FACEBOOK COMMENTS