काठमाडौं । नेपाल जेन जी फ्रन्ट (रक्षा बम) समूहले केपी ओलीको निर्वाचन क्षेत्रबाट देशव्यापी जागरणसभा सुरू गरेको छ ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा सहभागी युवालाई लक्षित झापा क्षेत्र नम्बर–५ बाट जागरणसभा सुरू गरेको हो ।
जेन जी फ्रन्ट सूचना तथा प्रविधि शाखाका अगुवा यतिष ओझाका अनुसार, सरकार र जेनजी आन्दोलनकारीबीच भएको सम्झौतापछि नयाँ चरणको अभियान सुरु गरिएको जानकारी दिए ।
फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य ओझा, काउन्सिल अफ जेन जीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङको सहभागिता थियो ।
FACEBOOK COMMENTS