काठमाडौं । चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक गरिएको छ । गीतमा केहर सिंह लिम्बूको स्वर छ ।
यसमा शब्द सुमन तामाङको रहेको छ । संगीत सुमन र केहरको छ । आकृति राजभण्डारी र अबिषेक खड्का गीतको भिडियोमा फिचर्ड छन् ।
माघ २३ गते रिलिज हुने प्रेम कथानक चलचित्र ‘कुमारी’लाई दिनेश राउतले निर्देशन गरेको छ । चलचित्रमा खड्का र राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछानेलगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता महेन्द्र अधिकारी छन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।
FACEBOOK COMMENTS