काठमाडौं । राप्रपा नेता रवीन्द्र मिश्र फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौं– १ मा उम्मेदवार सिफारिस भएका छन् ।
आज बसेको पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।
कमिटीले मिश्रलाई पहिलो नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ, राम तन्दुकार रहेका छन् । मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।
यसअघि उनी सोही क्षेत्रबाट पराजित भएका थिए ।
FACEBOOK COMMENTS