काठमाडौँ । सप्तरीको बलानबिहुल गाउँपालिकाका तत्कालिन अध्यक्ष दयानन्द गोइत समेत ५ जना र ओम गणेशाय कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर ६ को सेहरास्थित जागेश्वर गरहाई जनता माविको नमूना विद्यालय भवन निर्माण कार्यका लागि निर्माण कम्पनिको नक्कली प्रमाण पत्र लिएर गलत बोलपत्र मूल्याङ्कन गरी ८ करोड ९८ लाख २१ हजार ४९६ नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।
मुद्धा दायर हुनेमा बलानबिहुल गाउँपालिकाका तत्कालिन अध्यक्ष दयानन्द गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन, लेखापाल कमलेस कुमार साह र तत्कालीन सब–इन्जिनियर सन्तोष कुमार रजक तथा ओम गणेशाय कन्स्ट्रक्सन प्रालि, डाक्नेश्वरी–९, सप्तरी तथा उक्त कम्पनीका म्यानेजिङ डाईरेक्टर राजिब कुमार साह रहेको अख्तियारले जनाएको छ । अख्तियारले सबैविरुद्ध ८ करोड ९८ लाख २१ हजार ४९६ बिगो माग गर्दै कानुन बमोजिम कारवाहीको माग गरेको छ ।
FACEBOOK COMMENTS