काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–४ बस्ने धादिङ निलकण्ठ नगरपालिका–१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–११ पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS