काठमाडौँ । श्रम संस्कृति पार्टीले उपाध्यक्ष मित्र परियारलाई निलम्बन गरेको छ ।
अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष परियारले गत शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टीको आचारसंहिता विपरित हुने गरि अभद्र व्यबहार गरेको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरि गाली गरेकोले पदबाट निलम्बन गरेको जानकारी गराएका छन् ।
अध्यक्ष साम्पाङले पार्टीमा कोहि नेता या कार्यकर्ता नरहने सबै श्रमदाता रहने भएकाले सदस्यहरुलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यबहार गर्नेमाथि कारवाही गरिने स्पष्ट गरेका छन् ।
स्थापनाको छोटो समयमा नै श्रम संस्कृति पार्टीका दुई उपाध्यक्ष निलम्बनमा परेका छन् । यसअघि उपाध्यक्ष राजकुमार तामाङ लामालाई मङ्सिर २ गते निलम्बन गरेको थियो । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो ।
FACEBOOK COMMENTS