काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ । गएको सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ ।
स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाने भएका छन् । यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।
अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए । बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् ।
आज बिहीबार मात्रै उनले मन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् । रविसँगको छलफल टुंगोमा नपुगेपछि बालेन आफ्नै नेतृत्वमा दल बनाउने गरी सक्रिय भएका छन् ।
FACEBOOK COMMENTS