काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् ।
भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् ।
FACEBOOK COMMENTS