काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा करिब ३३ गुणा आवेदन परेको छ ।
आवेदन दिने आज अन्तिम दिनसम्म ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सयकित्ताका लागि आवेदन परेको हो ।
कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर ८२०.८० का दरले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ ।
अब आवेदन दिएका ५ लाख ८३ हजार ८९६ जना मध्ये १८ हजार ४९५ जनाले मात्र शेयर पाउने भएका छन् । जस अनुसार ५ लाख ६४ हजार ९५१ जनाको हात खालि हुने भएको छ । पुस ७ गतेदेखि खुला भएको आईपीओ भर्ने शुक्रबार अन्तिम दिन रहेको थियो । पर्याप्त आवेदन नपरेमा पौष २१ सम्म बढाइने भनिएपनि मागभन्दा करिब ३३ गुणा बढी आवेदन परेपछि आवेदन दिने समय आजै सकिएको छ ।
यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा रहेको छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ ।

कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।

FACEBOOK COMMENTS