काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक आज दिउँसो केहीबेरदेखि बसिरहेको छ । बैठकमा ऊर्जामन्त्रीसमेत रहेका सो पार्टीका संरक्षक कुलमान घिसिङ पनि सहभागी रहेको सो पार्टीका नेताहरूले बताएका छन् ।
बैठकमा घिसिङले विशेष गरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ गर्ने सो पार्टीका नेताहरूले बताएका छन् । सो पार्टीका एक नेताले भने, ‘उहाँ पनि बैठकमा सहभागी हुनुहुन्छ । विशेष गरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी हामीले पाएका छौँ ।’
बैठकमा सहभागी हुनुअघि आजै बिहान पनि घिसिङले मेयर बालेन शाहसँग भेटवार्ता गरेका थिए । पार्टी स्रोतका अनुसार अहिले घिसिङले पार्टी बैठकमा ब्रिफिङ गरिरहेका छन् ।
FACEBOOK COMMENTS