काठमाडौं । मोरङमा कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डीबी भन्ने डिगबहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाइएको छ । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेस गरिएको छ ।
FACEBOOK COMMENTS